नेपाली युवाहरुलाई भिजिट भिसामा यूएई पु-याएर अलपत्र पार्ने मुख्य अभियुक्तहरु पक्राउ

news-details

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरेको जनाएको छ ।

केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरिएको जानकारी दिएका हुन ।

कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुवईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमति रञ्जना ढकाललाई आइतवार सर्लाहीबाट पक्राउ गरिएको छ । ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए ।

साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्योउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् । उनिहरुले भिजिट भिसाको नाममा करिव २ करोड ५० लाख ठगि गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए ।

एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनुसन्धान व्युरोले अपील गरेको बताए । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएई सहित विभिन्न मुलुक पुर्यारएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु, ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियालाई कारवाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *