बार्षिक ३० प्रतिशतले रोजगारी बृद्धि गरिने

news-details

सरकारले प्रत्येक बर्ष ३० प्रतिशतले रोजगारी बृद्धि गर्ने योजनासहित वजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गदै नेपालको बेरोजगार दर घटाउने योजना सार्वजनिक गरेका हुन ।

यसैगरी चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५।८ प्रतिशत हुने अर्थमन्त्रीले जानकारी दिएका छन ।

उनले यस वर्षको बजेट कोभिड–१९ महामारी नियन्त्रण, जनस्वास्थ्यको रक्षा र आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा लक्षित रहने पनि बजेट वक्तव्यमा उल्लेख गरेका छन ।

बजेटको उद्देश्य उत्पादनमा आधारित हुनेछ, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने, भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र भूमि उपलब्ध गराउने रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *