नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले अध्यक्षमा कुमुद खनाल विजयी भएका छन् । एशोसिएशनको बुधबार भएको निर्वाचन सहित ११ औं साधारणसभाले खनाललाई अध्यक्षमा निर्वाचित गरेकोे हो ।

साधारणसभामा २ सय ६७ जनाले मतदान गरेकोमा खनाललाई १ सय ४९ मत र निकटतम प्रतिश्पर्धी तारानाथ अर्याललाई १ सय ६ मत आएको छ । केही बर्षदेखि व्यवसायी राजनीतिमा नदेखिएका खनाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष समेत हुन् ।

काँग्रेस निकट व्यवसायीको लोकतान्त्रिक एसोसिएसनको अध्यक्षमा कुमुद खनाल विजयी

नवनिर्वाचित अध्यक्ष खनाल आफ्नो उम्मेदवारी परिवर्तनको लागि रहेकोे भन्दै एशोसिएसनलाई पूर्ण प्रजातान्त्रिक मान्यतामा सञ्चालन गरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई व्यवसायीको हितमा कामगर्न दवाव दिने बताउँछन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाकोरुपमा खनालको नेतृत्वमा स्वतस्फूर्त रूपमा प्यानल नै आएको छ ।

निर्वाचनको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा भगिरथ राई( रमेश), द्वितीय उपाध्यक्षमा विनोद जंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह–सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सह– कोषाध्यक्षमा जफरूद्विन मियाँ विजयी भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरूमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यम कुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका छन् ।

राजधानीको बसुन्धरामा भएको साधारणसभाको उद्घघाटन नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षका लागि हुने व्यवस्था छ ।