काँग्रेस निकट व्यवसायीको लोकतान्त्रिक एसोसिएसनको अध्यक्षमा कुमुद खनाल विजयी

वरिष्ठ उपाध्यक्षमा राई, द्वितीय उपाध्यक्षमा केसी, तृतीय उपाध्यक्षमा थापा, महासचिवमा काफ्ले
news-details

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले अध्यक्षमा कुमुद खनाल विजयी भएका छन् । एशोसिएशनको बुधबार भएको निर्वाचन सहित ११ औं साधारणसभाले खनाललाई अध्यक्षमा निर्वाचित गरेकोे हो ।

साधारणसभामा २ सय ६७ जनाले मतदान गरेकोमा खनाललाई १ सय ४९ मत र निकटतम प्रतिश्पर्धी तारानाथ अर्याललाई १ सय ६ मत आएको छ । केही बर्षदेखि व्यवसायी राजनीतिमा नदेखिएका खनाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष समेत हुन् ।


नवनिर्वाचित अध्यक्ष खनाल आफ्नो उम्मेदवारी परिवर्तनको लागि रहेकोे भन्दै एशोसिएसनलाई पूर्ण प्रजातान्त्रिक मान्यतामा सञ्चालन गरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई व्यवसायीको हितमा कामगर्न दवाव दिने बताउँछन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाकोरुपमा खनालको नेतृत्वमा स्वतस्फूर्त रूपमा प्यानल नै आएको छ ।

निर्वाचनको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा भगिरथ राई( रमेश), द्वितीय उपाध्यक्षमा विनोद जंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह–सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सह– कोषाध्यक्षमा जफरूद्विन मियाँ विजयी भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरूमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यम कुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका छन् ।

राजधानीको बसुन्धरामा भएको साधारणसभाको उद्घघाटन नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षका लागि हुने व्यवस्था छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *