नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले ११ औं साधारण सभा सम्पन्न गरेको छ । एशोसिएशनको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्दैछ ।

नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको साधारणसभामा वेरोजगार युवालाई रोजगारको अवसर खोजेर पठाउने मेनपावर व्यवसायीको योगदानलाई राज्यले उच्च सम्मान गर्नुपर्ने आवाज उठेको छ ।

साधारणसभालाई सम्वोधन गर्दै महामन्त्री शर्माले वैदेशिक रोजगारमा गएका युवाहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको भन्दै वैदेशिक रोजगारमा युवाहरु पठाउने व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरे ।

लोकतान्त्रिक एशोसिएसनको ११ औं साधारणसभा सम्पन्न (फोटो फिचरसहित)

केही मेनपावर कम्पनी तथा व्यवसायीहरुको कमजोरीले गर्दा आम मेनपावर कम्पनीहरु आलोचित हुनुपरेको उल्लेख गर्दै महामन्त्री शर्माले व्यवसायीका वर्तमान समस्याहरुलाई सम्वोधनका लागि प्रधानमन्त्रीदेखि सिंहदवारसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमलप्रसाद ढकालले आफुले पाएको जिम्मेवारी समयमै पुरा गर्न नसकेको जनाउँदै स्थानिय तहको निर्वाचन लगत्तै संघको साधारणसभा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले व्यवसायीहरुका मागलाई श्रममन्त्रीदेखि प्रधानमन्त्रीसँग राखेर सम्बोधन गराउन आफु लागिपरेको बताए ।

लोकतान्त्रिक एशोसिएसनको ११ औं साधारणसभा सम्पन्न (फोटो फिचरसहित)

साधारणसभाका सभापति तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुई वर्षभित्रमा कोभिडका कारणले सोचे अनुसार काम गर्न नसकेको उल्लेख गर्दै एशोसिएशनको आगामी नेतृत्वका लागि चुनाव भन्दा पनि सकेसम्म सर्वसम्मत ढंगमा मिलेर अगाडि बढ्न अनुरोध गरे ।

साधारण सभामा एशोसिएशनका पूर्व अध्यक्षकहरु तिलक रानाभाट, किरणकिशोर घिमिरे, प्रज्ञान न्यौपाने, अग्रज व्यवसायी अब्दुल सतारलगायतले व्यवसायीहरुले भोग्नु परेका समस्यामा विषयमा बोलेका थिए । कार्यक्रमको संचालन एशोसिएशनका महासचिव भवानी निरौलाले गरेका थिए ।

लोकतान्त्रिक एशोसिएसनको ११ औं साधारणसभा सम्पन्न (फोटो फिचरसहित)

एशोसिएशनको नयाँ नेतृत्वका लागि सर्बसम्मतको प्रयास भइरहेको र आजै नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

साधारण सभामा एशोसिएशनलाई सहयोग गर्ने तथा कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि शर्माले सम्मान समेत गरेका थिए ।