प्रहरीमा तीन हजार जनाको बढुवा सिफारिस (सूचीसहित)

news-details

प्रहरी प्रधान कार्यालयले १९१ जना नायब निरीक्षक (सई)लाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले ज्येष्ठताका आधारमा वरिष्ठ सईमा ११ सय ७१ जनालाई बढुवा गरिने जनाएको हो। बिहीबार बढुवा सिफारिस गरिएकाहरु पहिलो सूचीका हुन्।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले हवल्दार पदमा कार्यरत ११ सय ७३ जनालाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार वरिष्ठ हवल्दारमा ज्येष्ठता कायम हुनेगरी पहिलो सूचीमा ११ सय ७३ जनालाई बढुवा गरिएको हो। वरिष्ठ हवल्दार पदमा ३३ सय ८३ पद स्वीकृत भएको छ।

यसैगरी, १७ सय ५२ जना प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको कार्यालयले जनाएको छ। सहायक हवल्दारमा १४ हजार ५६७ पदमा बढुवा गर्न पद स्वीकृत भएको छ । २०५८ देखि २०६३ सम्म भर्ना भएकालाई पहिलो सूचीमा बढुवा गरिएको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *