नेपाल–युएई संयुक्त समितिको बैठक आज बस्दै, श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुने

news-details

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ ।

नेपाल–युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा। अव्दुल रहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने छन् ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समुहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् ।

बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनबारे समीक्षा हुने छ भने यसअघि भएको संयुक्त समितिको वैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुने छ ।

बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्यर वीमाको व्यवस्था, शीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि छलफल हुने छ । साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुने छ ।

श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने बताइएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्ने छन् ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार युएईको राजधानी आबुधाबी आइपुगेको हो । आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरव इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए ।

बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *