कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन माग (सूचनासहित)

news-details

नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गरेको छ।

बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गरेको । सो शाखाका अनुसार २०२२/२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६९१३ हजार र कृषि तथा पशुपालनतर्फ २७४१ श्रमिक लैजाने भएका छन् ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ।

सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ भित्रै दक्षिण कोरिया पुगेर काम सुरु गर्न सक्नेछन् भने उत्पादनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ मा काम सुरु गर्ने जानकारी दिए।

परीक्षा अन्तर्गत भाषा परीक्षा र सीप परीक्षण कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा बैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोश्रो चरणमा जेठ जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुनेछ । यस्तै उत्पादनमुलक क्षेत्रको पहिलो चरणको आषाढ २० गतेदेखि भाद्र १० गतेसम्म र दोश्रो चरणको भाद्र १६ गतेदेखि असोज २१ गतेसम्म हुनेछ ।

परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।

कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ ।

यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।-

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *