वैदेशिक रोजगार ब्यबसायी संघको तदर्थ समितीले पायो पूर्णता, ७ सदस्यीय कार्यसमिती गठन

news-details

नेपाल वैदेशिक रोजगार ब्यबसायी संघका नवनियुक्त संयोजक विमल ढकालले संघको तदर्थ समिति (कार्यसमिती) लाई पूर्णता दिएका छन ।

संयोजक ढकालले ७ सदस्यीय तदर्थ समिति गठन गरेका हुन ।तदर्थ समितिको सदस्यमा संघका पूर्वअध्यक्षद्वय दिल प्रसाद पोख्रेल र प्रेम बहादुर कटुवाल, संघका पूर्व सल्लाहकार बरिष्ठ व्यवसायी रघु पुरी, लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएशनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने, संघका पूर्व सल्लाहकार रबिन्द्र यादव, संघका पूर्व कार्यसमिति सदस्य तथा वैदेशिक रोजगार वोडका सदस्य वाइ बि राई चयन भएका छन ।

संघको साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गराउन तथा निर्वाचन नभएसम्मका लागि संघको तर्दथ कार्यसमिति बनाई दैनिक कार्य संचालन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले ढकाललाई संयोजक तोकेको थियो ।

गत पौष ३० गते २९ औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तोकेको संघले सहमतिबाटै नेतृत्व चयन गर्न गरेको प्रयास विफल भएपछि अन्तिम समयमा आएर कोरोनाको कारण देखाउदै साधारणसभा र निर्वाचनको प्रक्रिया स्थगित गरेको थियो ।

कोभिडका कारण निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा जानकारीसहित निवेदन दर्ता भएपछि साधारणसभा र निर्वाचन सम्पन्न गर्न तथा दैनिक कार्यसंचालनका लागि ढकालको संयोजकत्वमा तर्दथ कार्यसमिति चयन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौले निर्देशन दिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *