चैत १५ अघि नै कर्मचारी सरुवा र पदस्थापन गर्न निर्वाचन आयोगको निर्देशन

news-details

निर्वाचन आयोगले आगामी चैत १५ गतेअघि संघ प्रदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तो स्थानमा स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा र पदस्थापन गरिसक्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिP ।

सोमबार बसेको आयोगको बैठकले सरकारलाई २३ बुँदे निर्देशन दिएको छ ।

यसैगरी, चैत १५ अगावै संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचनमा स्थानीय प्रशासनको भूमिका प्रधावकारी बनाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीहरु चैत १५ अघि नै पदस्थापन र सरुवा गर्न निर्देशनसमेत आयोगको निर्देशन छ । स्था

नीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न पनि आयोगले निर्देशन दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *