चार मुलुकमा काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग

news-details

सरकारले विभिन्न चार मुलुकका लागि काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ‘काउन्सेलर (श्रम) तथा श्रम सहकारी छनौट तथा नियुक्तिसम्बन्धी ‘कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरिएको हो ।

जसमा संयुक्त अरव इमिरेट्स, अबुधावी र साउदी अरेबिया, दियादका लागि काउन्सेलर (श्रम) प्रशासन सेवाको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव सरह एक–एक जना गरेर दुई जनाका लागि आवेदन माग गरिएको छ ।

यस्तै कतारको दोहा र बहराइनको मनामाका लागि श्रम सहचारी प्रशासन सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहको एक–एक जना गरेर दुई जनाका लागि आवेदन मागिएको छ ।

मापदण्डमा तोकिए बमोजिमको योग्यता पुगेको इच्छुक कर्मचारीलाई ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरेर निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *