युएईमा कामदार पठाउने विषयमा छलफल

news-details

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सो क्रममा नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूूलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, चिकित्सक, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधाबीमा अन्य कूटनीतिक भेटघाटसमेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेबिया र मलेसियाका समकक्षीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *