राजधानीको सामाखुसी टाउन प्लानिंगस्थित भिजन एण्ड भ्यालु ओभरसिजले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आज बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड–१९ तथा जारी निशेधाज्ञाका कारण राजधानीका अस्पतालहरुमा देखिएको रगतको अभावलाई केहि हदसम्म भएपनि पूर्ति गर्ने उद्देश्यले सामाखुसीस्थित स्काई पार्टी प्यालेसको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा ४२ जना रक्तदाताहरुले रक्तदान गरेको भिजन एण्ड भ्यालुका संचालक पदम पौडेलले रोजगारमञ्चलाई जानकारी दिनुभएको छ ।

भिजन एण्ड भ्यालु ओभरसिजको सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न

भिजन एण्ड भ्यालुले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको बताउनुहुदै पौडेलले अहिले भने महामारीका कारण रगतको चरम अभाव भएको ब्लड बैंकबाट जानकारी पाएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

भिजन एण्ड भ्यालु ओभरसिजको सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न

‘हामीले सरकारले निर्दिष्ट गरेको स्वास्थ्य मापदण्ड अपनाएर रक्तदान कार्यक्रम आयोजना गरेका हौ, बन्दाबन्दीको अवस्थामा पनि हामीले आयोजना गरेको यस पुण्यकार्यमा जुन सहभागीता रहयो त्यसले हामीलाई थप उत्साही बनाएको छ’ पौडेलले रोजगारमञ्चलाई भन्नुभयो –‘रगतको अभावमा कोहि पनि व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो चाहना हो, साथै व्यवसायसँगै समाजलाई पनि केहि योगदान दिन सकियोस भन्ने भावना पनि हो ।’

भिजन एण्ड भ्यालु ओभरसिजको सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न

सो अवसरमा वैदेशिक रोजगार व्यवसायीहरु, स्थानीय संघ–संस्थाका प्रतिनिधीहरु, राजनैतिक दलका प्रतिनिधीहरुका साथै स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको बताउँनुहुदै पौडेलले सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै साथ–सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

भिजन एण्ड भ्यालु ओभरसिजको सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको भिजन एण्ड भ्यालुले गतवर्ष पनि कोभिड महामारीकैबीचमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । साथै सो समयमा प्रालिले कोभिड रोकथाम र उपचार सहजताका लागि देशभरका विभिन्न अस्पतालहरुलाई पिपिई सेट, ग्लोब, माक्सलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।

भिजन एण्ड भ्यालु ओभरसिजको सामाखुसीमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कामदारलाई सुरक्षित, आकर्षक र विश्वासीलो तवरले वैदेशिक रोजगारीमा पठाइरहेको भिजन एण्ड भ्यालु ओभरसिजले देशमा आइपर्ने विभिन्न विपत्तिमा सहयोगका अलवा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।