विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुम्ने प्रक्षेपण, सातदेखि आठ लाख नेपाली जोखिममा

news-details

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले कोरोना महामारीका कारण सन् २०२१ मा विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने प्रक्षेपण गरेको छ । सो अवधिमा स्वदेश र विदेश गरेर सातरआठ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने अवस्था आउने प्रक्षेपण गरेको छ ।

अघिल्लो वर्ष रोजगारी गुमाएका अझै आधाले रोजगारी नपाएको अवस्थामा पछिल्लो पटक थपिएको कोरोनाले थप त्यो सङ्ख्याका बेरोजगार थपिने प्रक्षेपण गरिएकाले रोजगारीको सुरक्षाका लागि सम्बन्धित देशका टे«ड युुनियनमार्फत आग्रह गरेको हो ।

त्यसो त आईटीयूसीले कोभिड–१९ का कारण सन् २०२० मा विश्वमा झण्डै दुुई करोड ५० लाख रोजगारी गुमेकोमा नेपालमा त्यस अवधिमा १० लाखले रोजगारी गुमाउने प्रक्षेपण गरेको थियो ।

आईटीयूसीले सूचनामार्फत कोभिडपछि सङ्कटसँग जुध्न रोजगारी सिर्जनालाई प्राथमिकता दिन विश्वलाई र विशेषगरी श्रमिक निर्यात गर्ने देशका सरकारलाई सबै क्षेत्रमा रहेका आधिकारिक ट्रेड युनियनमार्फत आग्रह गरेको छ । साथै आईटीयूसीले गुणस्तरीय रोजगारी सिर्जना गर्न, तालिम र शिक्षामा लगानी गर्न तथा अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन माग गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुुष्कर आचार्यले ट्रेड युनियन काँग्रेस २५ वर्षदेखि आईटीयूसीसँग आबद्ध रहेकाले यस विषयमा छलफल भइरहेको जानकारी दिनुुभयो । उहाँले यस विषयमा विभिन्न सरोकारवाला ट्रेड युनियनहरूसँग छलफल गरी संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराउने काम पनि गराइरहेको जानकारी दिनुुभयो ।

आईटीयूसी विश्वका विभिन्न मुलुकमा क्रियाशील ट्रेड युनियन महासङ्घको छाता संस्था हो । यसले विश्वभरका श्रमिकको अधिकार स्थापित गर्न दबाबकारी अभियान सञ्चालन गर्ने, नीतिगत सुधारका लागि पहल, पैरवी गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *