कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता, पढाइसँगै सिपमुलक तालिम दिने

news-details

लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी जब प्रा.लीका प्रवन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने कुमारी जबका प्रवन्ध निर्देशक भण्डारीले बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल चन्दले बताइन् ।

यस सहकार्यबाट Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने र रोजगारको अवसर समेत पाउने कुमारी जवले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो ।

यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, Bachelor of Computer Applications –BCA, तीन वटा स्नातक तहको अध्यन अध्यापन गराइन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *