आमाछोरीलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख लिने मानव बेचबिखनमा संलग्न दुई पक्राउ

news-details

आमाछोरीलाई टर्की पुर्‍याउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखनमा संलग्न दुई जनाले आमाछोरीलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैयाँ लिएर टर्किस एअरलाइन्सद्वारा टर्की पुर्‍याएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएको उनीहरु काठमाडौंको तार्केश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका १ घर भएका जीवन भट्ट र माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका ४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेका छन् ।

काठमाडौंको सोल्टीमोडबाट मंगलबार भट्टलाई र बुधबार माइतीघरबाट बस्नेतलाई नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो ।

आमालाई टर्कीमा पूर्णिमाका बुवाले कोठामै बन्धक बनाइ राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्‍याइ २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको बताइएको छ ।

छोरीलाई मंसिर ८ गते र आमालाई पुस २६ गते नेपाल फर्काइएको थियो । त्यसपछि उनीहरुले दिएको जाहेरीको आधारमा बेबिखनमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *