तत्काल १० लाख नेपालीलाई रोजगारी आवश्यक : राष्ट्रिय योजना आयोग

news-details

कोरोनाले गर्दा स्वदेश तथा विदेशमा गरी १७ लाख बढी नेपालीले रोजगारी गुमाएका छन् । कोरोनाका कारण देशैभित्र सबैभन्दा बढीले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

कोभिडका कारण विदेशमा ३ लाखले रोजगारी गुमाएका छन् भने देशभित्र ९ लाखको रोजगारी गुमेको छ । यस्तै वार्षिक ५ लाख नेपाली श्रम बजारमा भित्रिने गर्छन् । यसै तथ्यांकअनुसार हाल १७ लाख बेरोजगारी भएको देखिएको हो । यस अनुसार तत्काल १० लाखलाई व्यवस्थापन गर्नुपर्ने देखिएको आयोगले जनाएको छ ।

नेपालबाट वार्षिक ४ लाख हाराहारीमा नेपाली बाहिरिने गरेको आयोगको तथ्यांक छ । यसै तथ्यांकअनुसार पनि यस वर्ष ४ लाख नेपाली विदेश जान नसक्दा पनि बेरोजगारी बढेको आयोगको आँकलन छ ।

आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा कोरोनाले पारेको प्रभाव सम्बन्धी अध्ययन गरेको थियो । आयोगले १ सय १२ देशमा रहेका नेपालीमा गरेको अध्ययन अनुसार ३५ लाख नेपाली विदेशमा छन् । ती देशमा रहेका ३२ लाख नेपाली ६ महिना भन्दा बढी बस्ने गरेका छन् ।

३२ लाख नेपालीमध्ये ६ लाख फर्कने अवस्थामा छन् । त्यसमध्ये ४ लाख कोभिडकै कारण तत्काल फर्कनुपर्ने अवस्थामा छन् । तर, सरकारी तथ्यांकअनुसार हालसम्म १ लाख ९४ हजार नेपाली स्वदेश फर्किएका छन् । १० लाख नेपालीलाई भने तत्कालै रोजगारीको आश्यकता रहेको आयोगले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *