चाडपर्व सकिए लगत्तै सुदुरपश्चिमका नाकामा भारत जानेको लर्को

news-details

धनगढी / दशैं तिहार सकिए लगतै त्रिनगर भन्सार नाकामा रोजगारीका लागी भारत जाने नेपालीहरुको घुइँचो लागेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेका बेला पनि हजारौं नेपाली नागरिकहरु बालबच्चासहित भारत जान थालेका छन् ।

नेपालमा रोजगारीको कुनै अवस्था सृजना नहुँदा भारत जानुपर्ने बाध्यता बाहेक अन्य विकल्प नभएपछि भारत जाने सबै नेपालीहरुको अनुहार भने मलिन नै देखिन्छ ।

अहिले सुदुरपश्चिमका सीमा नाका हुँदै स्वदेश फर्किनेको संख्याभन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या १० गुणा बढी छ । नेपालमा रोजगारीको कुनै पनि विकल्प नहुँदा बालबच्चा पाल्न कै लागि भएपनि बाध्य भएर भारत जानु परेको उनीहरु बताउँछन् ।

झण्डै आठ महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउनसमेत नसकिने भएपछि फेरि पनि भारत जानु परेको उनीहरुको गुनासो छ । स्वदेशमै बसेर रोजगारी गर्न खोज्दा कहि कतै परिवार पाल्ने ठाँउ नपाएपछि अन्तिम विकल्पको रुपमा आफु भारत जान लागेको सीमामा भेटिएका नेपालीहरुले बताए ।

सरकारले नेपालमै रोजगारीको अवस्था सृजना गर्ने भन्ने भाषण मात्र दिएको उनीहरुको गुनासो छ । आफुहरुलाई सानो कुनै घर परिवार पाल्न एक जनालाई मात्र रोजगारीको अवस्था सृजना गरेको भए यो समस्या हल हुने बताए । सरकारबाट कुनै पनि काम नहुँदा बाध्य भएर परदेश जानु परेको धादीङ घर भएका एक युवाको गुनासोे छ ।

पढ्ने उमेरमा पनि घर परिवार चलाउन नसक्ने अवस्था आएपछि आफु बाध्य भएर सानै उमेरमा भारत जान लागेको सीमामै लाइनमा बसेका एक युवकले बताए । पुस्तौं देखि भारत जाने प्रचलन रहेकाले सुदुरपश्चिममा हजारौं युवा भारत जाने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *