उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा, यस वर्ष पनि भेटिएनन सर्बोत्कृष्ट कर्मचारी (सूचिसहित)
देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानन्त्रीको आग्रह
- भदौ २२, २०७७
- 0

निजामती सेवा दिवसको अवसर पारेर यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । तर लगातार चौथो वर्ष यसपटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले घोषणा गर्न सकेन ।
हरेक वर्ष मुख्यसचिव नेतृत्वको समितिले देशभर उत्कृष्ट काम गर्ने निजामती कर्मचारीहरुमध्ये १ जना २ लाख नगद राशीसहित सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार, १० जनालाई १ लाख नगदसहित उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजार नगदसहित उत्कृष्ट निजामती सेवा पुरस्कार दिइदै आएकोमा लगातार चौथोवर्ष सर्बोत्कृष्ट कर्मचारी भने छनोट हुन सकेनन ।
उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा छन ।
यसैगरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन ।
यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गरेको सङ्घीय मन्त्रालयले जनाएको छ ।
देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानन्त्रीको आग्रह
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन ।
उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुनसमेत आग्रह गरे ।
सन्देशमा प्रधानमन्त्रीले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गरेका छन ।