वैदेशिक रोजगारी : एक महिनाको अवधिमा झण्डै पाँच हजारले लिए पुनः श्रम स्वीकृति

news-details

पछिल्लो एक महिनाको अवधिमा वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् ।

गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएयता चार हजार ८५० जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो ।

सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अधिकार दिएलगत्तै पुन श्रम स्वीकृति खुल्ला भएको थियो । पुनः श्रम स्वीकृति खुला गरिए पनि नयाँ श्रम स्वीकृति भने खुला गरिएको छैन ।

बिदामा नेपाल आएका वा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेपछि यसरी विदेश फर्कन चाहनेहरु पुनः श्रम स्वीकृति लिन थालेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *