वैदेशिक रोजगार बोर्डमा गुरुङ र खड्का मनोनित

news-details

वैदेशिक रोजगार बोर्डमा बरिष्ठ बैदेशिक रोजगार व्यवसायी हेमराज गुरुङ र स्वास्थ्य व्यवसायी कैलााश खड्का मनोनित भएका छन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा व्यवसायीकातर्फबाट एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङलाई र वैदेशिक रोजगार विज्ञका रुपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत रहेका खड्कालाई मनोनित गरेका हुन ।

बोर्डमा व्यवसायीको तर्फबाट यसअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे र संघको सिफारिसमा कोषाध्यक्ष इन्दिरा गुरुङले बोर्डको प्रतिनिधित्व गरिरहेका छन् ।

बोर्डमा सदस्य भएका खड्का र गुरुङको कार्यकाल दुई वर्ष हुनेछ । गुरुङ यसअघि पनि बोर्डको सदस्य रहेका थिए ।

श्रम मन्त्रीको अध्यक्षता रहने बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *