आजबाट वैदेशिक रोजगारीमा जानेहरुको पुनः श्रम स्वीकृति खुल्ला

news-details

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पुनः श्रम स्वीकृति दिने काम आजबाट सुरु गरेको छ । योसँगै विदामा नेपाल आएकाहरुलाई पुन : वैदेशिक रोजगारीका क्षेत्रमा जान बाटो खुलेको छ ।

कोरोना संक्रमणका कारण गत फागुन ३० देखि सबैखाले श्रम स्वीकृति दिन बन्द गरिएकोमा आजबाट पुन : श्रमस्वीकृति दिने काम सुरु गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहालले विभागको काठमाडौ कार्यालयबाट विहिबारदेखि र उपत्यका बाहिरका कार्यालयबाट आइतबारबाट पुन : श्रम स्वीकृति दिने काम सुरु हुने बताए ।

यसका लागि विभागका काठमाडौं तथा प्रदेश कार्यालयहरुमा सामाजिक दूरी कायम हुने गरी सेवा लिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रम स्वकिृति खुल्ला गर्नसक्ने अधिकार दिएकोमा पहिलो चरणमा पुन : श्रम स्वीकृति दिने काम सुरु गरिएको र अवस्था हेरेर नयाँ कामदारको श्रम स्वीकृति पनि खोल्न सकिने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *