वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय, विदामा आएकासँगै नयाँ कामदार पनि जान पाउने

news-details

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई जान दिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को शुक्रबार बसेको बैठकले विदामा आएका नेपालीहरुसँगै नयाँ रोजगारीमा जान चाहनेहरुलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो ।

वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा तथा अध्ययनका लागि जानेहरुलाई शिक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको केन्द्रका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

कोभिड १९ को विश्वव्यापी संकटका कारण फागुन अन्तिम साताबाट वैदेशिक रोजगारीका लागि दिइने श्रमस्वीकृति अनिश्चितकालका लागि रोक्ने निर्णय भएको थियो भने चैत्र पहिलो साताबाट नेपालले अन्तर्राष्ट्रिय उडान रोकेपछि वैदेशिक रोजगारीमा जान बन्द भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *