वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइपु-याइयो

news-details

वैदेशिक रोजगारीका क्रममा विदेशमा नै मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइपु-याइएको छ ।

शुक्रबार अपरान्ह कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

गत चैत्र पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान रोकिँदा त्यसअघि मृत्यु भएर स्वदेश ल्याउन प्रक्रिया भैरहेका तथा त्यसयता मृत्यु भएका सबै नेपालीको शव विदेशमै अडकिएका थिए ।

लकडाउन यता १२७ जनाको र त्यसअघि मृत्यु भएर स्वदेश ल्याउन प्रक्रियामा रहेका नेपालीहरुको शव गरि विदेशमा २०७ नेपालीको शव रहेको वैदेशिक रोजगार बोर्डको भनाई छ ।

मृत्यु भएकोमा केहिको परिवारको सहमति लिएर सम्वन्धित देशमै अन्तेष्टि गरिएको र बाकी शव नेपाल ल्याउने प्रक्रियाको सुरु गरिएको बोर्डले जानकारी दिएको छ ।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ । उपत्यकाबाहिर पठाउने शवका लागि वैदेशिक रोजगार वोर्डले व्यवस्था मिलाउने भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *