कोरोना कहर : ‘वैदेशिक रोजगार व्यवसाय र समग्र आर्थिक क्षेत्रमा रोजगारीको योगदान’

news-details

प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मञ्च नेपालद्वारा गठित राजनीति ब्यबस्थापन समितिको आयोजनामा  काठमाडौँमा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

समग्र आर्थिक क्षेत्रमा रोजगारीको योगदान र कोभिड-१९ को  नाम दिइएको गोष्ठीको अध्यक्ष्यता समितिका संयोजक एवम् नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका पूर्व अध्यक्ष  दिल प्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यशाला गोष्ठीमा बैदेशिक रोजगारले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान र विश्वमा महामारी को रुपमा फैलिएको कोभिड-१९ ले पार्ने असरका बिषयमा छलफल भएको थियो ।

उक्त गोष्ठीमा बक्ताका रुपमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, अर्थविद,‌ कर बिषेशज्ञ डा चन्द्रमणि अधिकारी, नेपाल उद्द्योग व्यवसायी महासंघका उपाध्यक्ष्य  चन्द्र ढकाल, पुर्व सांसद तथा वरिष्ठ उर्जा व्यवसायी कृष्ण आचार्य, अटो व्यवसायी प्रकाश पौडेल, नेपाल उद्योग व्यवसायी महासंघका प्रतिनिधि भिम पौडेल, पर्यटन व्यवसायी भगिरथ सापकोटा लगायत अन्य व्यवसायीहरुका साथै कानुनविदहरु शम्भु निरौला र देवराज कटुवालको उपस्थिति रहयो ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बल बहादुर तमाङ्ले सो गोष्ठीमा सोहि बिषयमा आयोजकका तर्फबाट एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाको कार्यपत्रमा विषेश गरि नेपालमा प्रचलित बिध्यमान संबिधानमा व्यवस्था गरिएको मौलिक हक, अधिकार र कर्तब्य अन्तर्गत रोजगारीको हक, श्रम ऐन, बैदेशिक रोजगार ऐन सम्बधी बिषयबस्तुहरु समेटिएका थिए । त्यसैगरि बैदेशिक रोजगारले देशको अर्थतन्त्रमा पुर्याएको योगदान, यसमा भएका जटिलताले हुने प्रत्यक्ष असर र कोभिड १९ को महामारीले विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपालको आर्थिक क्षेत्रमा पर्ने असरहरुका बारेमा व्यवसायीका तर्फबाट उहाँले आफ्नो भनाइहरु राख्नु भयो।

संयोजक  दिल प्रसाद पोख्रेलले उपस्थित सम्पूर्ण विषेशज्ञ र व्यवसायीहरुलाइ कार्यशालाका बारेमा प्रकाश पार्दै बैदेशिक रोजगारको महत्व र देशको आर्थिक बृद्दिमा यसले पुर्याएको योगदानलाई सरकारले बिर्सन नहुने भन्दै हाल प्रमुख समस्यामा रहेको १०० संख्या नपुगी अनुमतिपत्र नविकरण नहुने समस्याका बारेमा नेपाल सरकारका कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक तथा श्रम मन्त्री पार्टीका उच्च नेतृत्व र प्रगतिशिल मञ्चका पदाधिकारीसँगको छलफल पश्चात नविकरणको समस्याको समाधान भएको बताउनु भयो । साथै प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंच र आफु व्यवसायीलाइ पर्ने हरेक समस्या समाधानका लागि जहिले पनि तत्पर रहने र यसको लागि विभिन्न तह र तप्कामा व्यवसाय र व्यवसायीको हक अधिकारका लागि आफ्नो आवाज बुलन्द पार्ने पनि बताउनुभयो ।

कार्यशाला गोष्ठीमा उपस्थित नेपाल उद्योग ब्यबसायी महासंघका उपाध्यक्ष चन्द्र ढकालले रेमिटेन्सले अर्थतन्त्रमा पुर्याएको योगदान र व्यवसायीको भूमिका समग्र राष्ट्रका लागि अहम रहेको बताउनु भयो । त्यसै गरि प्रचलित फ्री फिसा फ्री टिकट ब्यबहारिक नभएको र व्यवसायीको मागलाइ सरकारले गम्भीर रुपमा लिनु पर्ने भन्दै निजि क्षेत्रलाइ सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । बैदेशिक रोजगार व्यवसायीलाइ अहिलेको अवस्थामा सरकारले बुस्ट गर्नु पर्ने भन्दै उद्योग व्यवसायी महासंघ र आफु सधै बैदेशिक रोजगार व्यवसायी संगै रहेको भन्दै बैदेशिक रोजगार नेपालका लागि विषेश महत्व राख्ने ब्यबसायका रुपमा रहेको ढकालले बताउनुभयो ।

अर्थविद डा चन्द्र मणि अधिकारीले बैदेशिक रोजगार व्यवसाय पारदर्शी हुनुपर्ने र यसका लागि नीति नियमहरु पनि सहज बनाईनु पर्ने भन्दै यसको कर व्यवस्थामा महत्व र समस्याका बारेमा आफ्नो भनाइ राख्नु भयो । विश्वको अर्थतन्त्र मै ठुलो असर गर्ने यस कोरोना महामारीले कतिपय व्यवसायीहरु पलायन हुने अवस्था रहेको भन्दै ब्यबसायीले पनि आफ्नो व्यवसायको स्वरुप परिबर्तन गरि अगाडी बढ्नु पर्ने सुझाब दिनु भयो । साथै पर्यटन व्यवशायी भगिरथ सापकोटाले विदेश जान नपाएका तथा विदेशबाट फर्केका युवाहरू बेरोजगार हुँदा र वैदेशिक रोजगार व्यवसायीलाई सम्बोधन नगरेको खण्डमा देशमा भयावह स्थिती पैदा हुने बताउनुभयो ।

उपस्थित ब्यबसायीहरुको तर्फबाट मञ्चका सस्थापक अध्यक्ष सरोज पोखरेलले ब्यबसायीहरुको प्रमुख चुनौतीका रुपमा रहेको कानुन संसोधन र सकारात्मक सोचबाट सरकारले सहजीकारण गर्नु पर्ने भन्दै बैदेशिक रोजगार ब्यबसायको महत्व र चुनौतीहरु माथि आफ्नो भनाई राख्नु भयो ।

साथै आर्थिक समितिका संयोजक  हेम गुरुङ, सदस्यहरु प्रेम कटुवाल, नरेश गेलाल, पदम राज पौडेल र ब्यबसायीहरु टंक राउत , हेमन्त बुढाथोकी, मुक्ति नाथ अधिकारी, भिष्म शर्मा शिवाकोटी, हरि पाण्डे क्षेत्री, मधुकर रिजाल, मोहन स्याङ्ग्बा, कुन्छा दोर्जे, सन्जु गुरुङ, सुबर्ण श्रेष्ठ लगायतको कार्यक्रममा सहभागी रहेको थियो ।

त्यसैगरि उपस्थित सम्पूर्ण उद्द्योगी व्यवसायीहरुले समग्र रोजगार व्यवसाय र कोभिड १९ ले पर्ने असरका बारेमा आफ्नो भनाइ राख्नु भएको थियो भने उपस्थित कानुनविदहरुले ऐन, नीति नियममा रहेको समस्यालाइ उजागर गर्दै दिर्घकालिन समाधान खोज्नु पर्ने बताउनुभयो ।

समितिका सचिब डिक बहादुर खत्री (कुमार ) ले संचालन गर्नुभएको सो कार्यक्रममा मंचका संयोजक राम प्रसाद भन्तानाले स्वागत मन्तब्य राख्नु भएको थियो भने सह संयोजक राजेन्द्र भण्डारीले धन्यबाद ज्ञापन दिनु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *