युएईबाट १६८ जना नेपाली लिएर आएको एयर अरेबियाको विमान काठमाडौमा अवतरण भयो

news-details

युएईबाट १६८ जना नेपाली नागरिक बोकेर आएको एयर अरेवियाको विमान काठमाडौमा अवतरण भएको छ ।

युएईको सारजहाँ एयरपोर्टबाट स्थानीय समय अनुसार ११ः२० मा उडेको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान अहिले साझ ५ः३८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिएका छन ।

यसअघि अन्तिम समयमा एयरलाईन्स र दुतावासको समन्वय हुन नसक्दा जहाजको उडान बिहान स्थगित भएको थियो । दूतावासले प्राथमिकताको आधारमा यात्रुको तय गरेकोमा एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी गरेपछि विहान केहिबेर उडान अवरुद्ध भएको थियो ।

त्यसलगत्तै समन्वय गरेर उडान सुचारु गरिएपनि जसमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेका यात्रु परेका छैनन । अहिले अवतरण भएको विमानबाट ट्रान्सगार्ड कम्पनीका ७९ जना, इजादा कम्पनीका ६७ जना र बाँकी अन्य कम्पनीमा कार्यरत नेपाली आएका छन ।

युएईबाट नेपाल ल्याइएका सबै यात्रुलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

यसअघि आजै म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *