विदेशमा रहेका नेपाली फर्काउन सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

news-details

कोरोना संक्रमणका कारण विदेशमा अफठयारोमा परेका नेपालीहरुलाई सरकारले आजबाट फर्काउन सुरु गरेको छ । सरकारले यसअघि नै कार्यविधि तय गरी यस्ता नेपाली फर्काउन प्रक्रिया थालेकोमा आजबाट फर्काउन सुरु गरेको हो ।

जस अनुसार आज बर्मा र युएईका नेपाली ल्याउने गरी उडान तय गरिएकोमा बर्माबाट २६ जना नेपाली लिएर म्यानमारको सैनिक जहाज काठमाडौ अवतरण भएको छ भने युएईको उडान केहि समय अवरुद्ध हुन पुगेपनि आजै साझ एयर अरेवियाको उक्त विमान काठमाडौ अवतरण हुने दुतावासले जनाएको छ ।

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्‍याउने कार्यविधि बनाए अनुसार आज बर्माबाट काठमाडौ आइपुगेका सबै वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यो प्रदेशको संयोजन जिम्मेवारी पाएका महिला बालबालिका मन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।

यसरी त्रिभुवन विमानस्थल ल्याइपुरयाइएका नेपालीहरुलाई उपत्यकामा तय भएका होल्डिङ सेन्टरमा पुरयाएर त्यहाँबाट प्रदेशगतरुपमा तयार भएका क्वारेन्टाइन पठाइनेछ । म्यानमारबाट आएका नेपालीलाई यति पार्टी प्यालेस बसुन्धराको होल्डिङ सेन्टरमा राखिने सेनाले जनाएको छ । विदेशबाट आएका नेपालीको सुरुवाती व्यवस्थापन नेपाली सेनाले गर्ने जिम्मा पाएको छ ।

विदेशबाट आउने नेपालीको सम्वन्धित देशबाटै कोरोना परीक्षण गरेर मात्र ल्याइने, यस्तो छ मापदण्ड

विदेशबाट फर्कने नेपाली राख्न उपत्यकाका यी स्थानमा ‘होल्डिङ सेन्टर’ तय, रोकिएका शव पनि ल्याइने

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *