विदेशमा फसेका नेपालीको उद्धार गर्न कार्ययोजना बन्दै गरेको सरकारको दावी

news-details

विदेशमा फसेका नेपालीको उद्धार गर्न कार्ययोजना बन्दै गरेको सरकारले दावी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुत्रबार बसेको बैठकले विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना तयारीको चरणमा रहेको प्रष्ट्याएको हो ।

समितिको बुधबार बसेको बैठकमा विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थित सञ्चालनलगायतको प्रस्तावमाथि छलफल भएको र भारतसहित तेस्रो देशमा अध्ययनरत विद्यार्थी, उपचारलगायत निजी भेटमा रहेका, कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, गर्भवती महिला र नेपालमा आफन्त बितेर आउनुपर्ने भएकालाई नेपाल ल्याउनेबारे कार्ययोजना तयार भइरहेको समितिका सचिव नारायणप्रसाद बिडारीले बताए ।

विदेशमा रहेकालाई नेपालमा ल्याउँदा व्यवस्थित राख्न सकिने र सङ्क्रमण फैलन नदिने र आउनेलाई क्रमशः लिएर आउने योजना तयारीको चरणमा रहेको जानकारी दिदै बिडारीले उक्त योजना परिमार्जित, परिष्कृत र अन्तिम रुप लिइसकेपछि सञ्चारकर्मीलाई जानकारी गराइने बताए ।

त्यसैगरी, स्थानीय र प्रदेश स्तरका क्वारेन्टाइनमा सुरक्षा र बन्दोबस्तीका सामानको अभाव हुन नदिन प्रदेशसँग समन्वय गरी छलफल भइरहेको समितिले जनाएको छ ।

क्वारेन्टाइनमा रहनेको बन्दोबस्ती, सुरक्षा र हाजिरीको व्यवस्थित अभिलेख राख्ने गरी तयारी सुरु गरिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको बन्दोबस्ती र सुरक्षाका लागि संघीय सरकारबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरी कार्ययोजना बनाइँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *