विदेशबाट फर्किएका युवालाई सुरुवाती पुँजी उपलब्ध गराउने र श्रम सुचना बैंक स्थापना गर्ने सरकारको घोषणा (पूर्णपाठसहित)
गैरआवासीय नेपालीको सीप, दक्षता र पुजीलाई देश विकासका लागि भरपुर प्रयोग गरिने
- रोजगारमञ्च
- जेष्ठ २, २०७७
- 0

सरकारले विदेशबाट फर्किएका युवा तथा स्वदेशमै नवप्रर्वद्धनकारी कार्यक्रमका लागि सीप र क्षमताको आधारमा सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ ।
संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै नवप्रर्वद्धनकारी काम गर्न चाहने युवाहरुलाई सीप र क्षमताको आधारमा यस्तो सुविधा दिइने र बेरोजगारको तथ्याङ्क लिन तथा उनीहरूलाई दक्षताको आधारमा रोजगारी सिर्जना गराउन श्रम बैंकको स्थापना गर्ने घोषणा गरेकी हुन ।
वर्तमान अवस्थामा कोरोना भाइरस (कोभिड–१९) का कारण स्वदेशमै पनि पर्याप्त रोजगारी नहुदा र विदेशमा पनि अवसर खुम्चने खतरा बढदा बेरोजगारी बढने देखिएको भन्दै कृषि, उत्पादनमुलक, निर्माण सेवा क्षेत्रजस्तामा व्यापक रोजगारी सिर्जना गर्दै युवाहरु परिचालन गर्न यस्ता कार्यक्रम संचालन गरिने राष्ट्रपति भण्डारीले बताइन ।
सीपयुक्त र दक्ष श्रमिकको अभाव पुरा गर्न श्रम सीप विकासका सबै कार्यक्रम एकीकृत रुपमा परिचालन गर्ने र यसका लागि सबै स्थानीय तहमा घुम्ती तालिम दिने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ सीपयुक्त बनाउँदै बेरोजगारलक्षित कार्यक्रमका रुपमा विकास गर्नेलगायतको नीति सरकारले लिएको भण्डारीले उल्लेख गरिन ।
साथै स्वदेशमै रोजगारी गर्ने अवस्था सिर्जना गर्ने र मर्यादित वैदेशिक रोजगारीमा मात्र जाने नातावरण बनाउने बताउदै राष्ट्रपति भण्डारीले विदेशमा रहेका नेपाली कुटनीतिक नियोगहरुलाई लगानी वृद्धि, पर्यटन प्रवर्द्धन, सुरक्षित तथा मर्यादिन रोजगारीका लागि प्रयोग गरिने बताइन ।
राष्ट्रपति भण्डारीले विदेशमा रहेका गैरआवासीय नेपालीको सीप, पुँजि तथा दक्षतालाई देश विकासका लागि भरपूर प्रयोग गर्न प्रोत्साहित गर्ने गरी सरकार अघि बढने बताउदै गैरआवासीय नेपालीले पुर्याउदै आएको योगदानप्रति आभार व्यक्त गरिन ।
नीति तथा कार्यक्रमको पूर्णपाठ