द रिभर फाउन्डेसनद्वारा कोरोना नियन्त्रणका लागि आर्थिक सहयोग

news-details

द रिभर फाउन्डेसनले मोरङको बेलवारी नगरपालिकाको कोरोना भाइरस विपद् व्यवस्थापन कोषलाई १ लाख १ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले  सो रकम नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेको हो ।

कोरोना नियन्त्रणका लागि घोषणा गरिएको ‘लकाउन’का कारण दैनिक गुुजारा चलाउन र चुल्हो बाल्न समस्या भइरहेका सर्वसाधारणलाई राहत होस् भनेर सहयोग गरेको फाउन्डेसनका अध्यक्ष तथा युवा व्यवयासी रघुनाथ पुरीले बताए ।

देशलाई समस्या परेको बेला सबै व्यवसायीले सहयोग र समस्या समाधानका लागि जुट्नुपर्ने उनको भनाइ छ । मेनपावर व्यवसायी समेत रहेका अध्यक्ष पुरीले आगामी दिनमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

केही लिन अगाडि कोरोना भाइरस (कोभिड–१९)को उपचार सहजताका लागि भिजन एण्ड भ्यालु ओभरसिज प्रा।लि।ले कान्ति बाल अस्पताललाई २५ थान पिपिई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *