श्रम स्वीकृतिका लागि ‘ई–टोकन’ प्रणाली सुरु, मोवाइलमै खबर पाइने

news-details

वैदेशिक रोजगारीमा जादा लिइने श्रम स्वीकृतिका लागि आजदेखि ‘ई–टोकन’ प्रणाली लागू भएको छ । वैदेशिक रोजगार विभागले पालो कुर्नुपर्ने पुरानो व्यवस्थाको अन्त्य गर्दै  मंसिर १५ गतेबाट ‘ई–टोकन’ र ‘म्यासेजिङ’ सेवा आरम्भ गरेको हो ।

अब श्रम स्वीकृतिका लागि अनलाइन आवेदन फाराम पेश गर्दा नै आफुलाई पायक पर्ने श्रम कार्यालय छनोट गर्न पाइने तथा श्रमस्वीकृति प्राप्त हुने मिति र आफुले फारममा उपलब्ध गराएको इमेलमा नै श्रम स्टीकर आउने व्यवस्था लागू भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भिस्मकुमार भुसालले जानकारी दिए ।

अनलाइन आवेदन फाराम पेश गरेपछि श्रम स्वीकृति स्वीकृत भएको या नभएको तथा कागजात पुगे–नपुगेको मोवाइलमा म्यासेज आउने महानिर्देशक भुसालले बताए । साथै उनले श्रम स्टीकर र म्यासेज आफुले फाराम भर्दा उपलब्ध गराएको इमेल र मोवाइल नम्मरमा नै आउने हुदा आफ्नै इमेल आइडि र मोवाइल नम्मर भर्न आग्रहसमेत गरेका छन ।

विभागका सम्पूर्ण कामकारवाही अनलाइन प्रविधिमार्फत गर्ने योजना अनुसार बीमा र कल्याणकारी कोषको पैसा पनि विद्युतीय माध्यमबाट तिर्ने व्यवस्थाका साथै कामदार छनोट प्रणालीलाई पारदर्शी बनाउन अनलाइन प्रणालीसमेत तयार भै सकेको विभागले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *