‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ’– उपाध्यक्ष ढकाल

news-details

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन ।

सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का सभापतिको हैसियतले सम्बोधन गर्दै उनले भने– ‘सामाजिक सुरक्षा प्रणाली लागुगर्ने क्रममा केही व्यवहारिक कठिनाइहरु देखिएको भए पनि तिनको सम्बोधन गर्दै अघि वढ्नुपर्छ ।

सभापति ढकालले श्रमजीवि वर्गको सुरक्षा र सुनिश्चित भविश्यको लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजनावारे व्यापक जानकारी सहित यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरु लागिपरेको स्पष्ट गरे ।

नेपालको एकजना उद्यमी ढकालले भने– हामी सामाजिक सुरक्षा योजना संचालनको शुरु अवस्थामा छौँ, यो महत्वपूर्ण प्रणालीको शुरुवात गर्दा केही अप्ठेरो आउनु स्वभाविकै हो तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचिकरण संख्या र केही रोजगारदातावाट योगदान रकम जम्मा गर्न शुरु भइसकेको अवस्थालाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

आइएमइ समूहका अध्यक्ष ढकालले सामाजिक सुरक्षा योजनावारे बुझाउन समय लागेकोले पनि सूचिकरण प्रक्रियामा केही ढिलाई भएको बताए । उनले थप स्पष्ट गरे– ‘सूचिकरणको संख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति छैन, प्रस्तावित सामाजिक सुरक्षा योजनाका वारेमा रोजगारदाता र श्रमिक सवैलाई प्रष्टसँग वुझाउन सक्नुपर्दछ ।’

योगदानकर्तालाई सामाजिक सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधावारे बुझाउन सकिएन भने थप जटिलता आउनसक्ने तथ्यलाई मनन गरी यसको अवधारणलाई नेपालको परिवेश अनुसार अघि वढाउनु पर्ने उनले सुझाव दिए ।

हाल प्रचलनमा रहेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई एकिकृत रुपमा सामाजिक सुरक्षा योजनाअन्र्तगत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । उनले भने– भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिवाट सम्भव छैन, व्यवहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले भने– ‘सामाजिक सुरक्षा हामी सबैको साझा लक्ष्य हो, रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ यसको सफल कार्यान्वयनको लागि प्रतिवद्ध रहेको छ ।’

नेपाल सरकारले यो कार्यक्रम लागू गरेको वर्षदिन पुगेको अवसरमा सामाजिक सुरक्षा दिवस मनाउन राजधानीमा यो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, नेपाल सरकारका सचिवहरु, नेपाल उद्योगा वाणिज्य महासंघका नेताहरुलगायतको सहभागिता थियो ।

एक लाख १५ हजार ६०६ श्रमिक सूचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधि (मंगलबारसम्म)मा कोषमा एक लाख १५ हजार ६०६ श्रमिक सूचीकृत भएका सामाजिक सुरक्षा कोषले जनाएको छ ।

त्यस्तै १० हजार ४७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन् । कोषमा १८ करोड १३ लाख दुई हजार ७८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ ।

सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन् । सो प्रदेशबाट ८७ हजार २४२ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै प्रदेश नं १ बाट १५ हजार ७३५, प्रदेश नं २ बाट छ हजार ८५२, गण्डकी प्रदेशबाट तीन हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५ बाट दुई हजार २०७ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिकको सूचीकृत भएको छ । सो प्रदेशबाट अहिलेसम्म जम्मा १५० श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । यस्ते सुदूरपश्चिम प्रदेशबाट ४०९ श्रमिक कोषमा आबद्ध भएका छन् ।

यसैगरी प्रदेश नं ३ बाट सबैभन्दा बढी सात हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १०५ वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन् । प्रदेश नं १ बाट एक हजार ७०६, प्रदेश नं ५ बाट ६१०, गण्डकी प्रदेशबाट ४८७, प्रदेश नं २ बाट ४१३ र सुदूरपश्चिम प्रदेशबाट ११० प्रतिष्ठान सूचीकृत भएका कोषले जनाएको छ ।

हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन् ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले ढिलोचाडो अनिवार्यरुपमा यस कार्यक्रममा सहभागि हुनुपर्ने भएकाले नीजि क्षेत्रका सम्पूर्ण प्रतिष्ठानहरुलाई यस कार्यमा ढिलाइ नगर्न आग्रह गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *