वैदेशिक रोजगार व्यवसायी संघको शुभकामना आदानप्रदान : सरोकारवालाबीच छलफल र सहकार्यमा जोड
- रोजगारमञ्च
- कार्तिक ६, २०७६
- 0
मुलुकको आर्थिक मेरुदण्डको प्रमुख हिस्सा हुदाहुदै पनि वैदेशिक रोजगार व्यवसायको क्षेत्र मर्यादित, व्यवस्थित तथा सम्मानित हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यसका लागि सरोकारवालाबीच छलफल र सहकार्यमा जोड दिइनुपर्ने विभिन्न व्यक्तित्वहरुले बताएका छन ।
बुधकार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विजयादशमी, शुभदिपावली, नेपाल संवत तथा छठको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी अतिथि तथा संघकै पूर्वअध्यक्षहरुले उक्त धारणा राखेका हुन ।
शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संघका प्रथम उपाध्यक्ष कमल तामाङले नयाँ कार्यसमितिले कार्यभार सम्हालेको भर्खरै एक महिना भएपनि आम व्यवसायीहरुका समस्या समाधानका लागि श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, दूतावास तथा सरोकारित निकायहरुसँग छलफल सुरु गरिएको जानकारी दिएका छन ।
अहिले वैदेशिक रोजगार व्यवसायको क्षेत्र नाजुक अवस्थामा पुगेकोतर्फ इंकित गर्दै संघका पूर्वअध्यक्ष तिलक रानाभाटले कानुनीरुपमा निर्वाध तवरले व्यवसाय संचालन गर्न पाउने हकको रक्षा गर्न र सम्पूर्ण व्यवसायीको हितमा रहेर काम गर्न अहिलेको कार्यसमितिलाई सुझाव दिएका थिए ।
संघका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य महेन्द्र शेरचनले संघको स्थापना यता वैदेशिक रोजगार व्यवसायको क्षेत्र जति संस्थागत, विकसित र राज्यलाई पु¥याएको योगदानको लागि सम्मानित हुनुपथ्र्यो त्यो नहुदा दुःख लागेको बताए । उनले व्यवसायीका नाममा विना इजाजत काम गर्नेहरु तथा केहि व्यवसायीहरुकै कारण यो क्षेत्र धरासायी भएको भन्दै व्यवसायीक एकता हुन सके त्यो अवस्थाको अन्त्य हुनेमा जोड दिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वैदेशिक रोजगार व्यवसायीहरुसँग सहकार्य गरेर हिडन महासंघ सधैव तत्पर रहेको जनाउनुहुदै अव विदेशमा मात्र नभएर स्वदेशमै पनि कामदार आपूर्तिमा लाग्न व्यवसायीहरुलाई सुझाव दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आप्रवासनको विषय विश्वभर उठिरहेको वर्तमान सन्दर्भ कोटयाउदै नेपालका मेनपावर व्यवसायीहरुपनि यसप्रति सजक बन्नुपर्ने धारणा राखे । उनले समस्या चिनेर अघि बढन सके समाधान पनि भेटिने उल्लेख गर्दै समस्या समाधानका लागि छलफल गर्न आयोग तयार रहेकोले संघको कार्यसमितिलाई ठोस विषयसहित आउन आग्रह गरे ।
संघका अध्यक्ष विष्णु प्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायको क्षेत्र संस्थागत, मर्यादित तथा व्यवस्थित बनाउदै लैजान व्यवसायीसँगै कामदार तथा सरकारले पनि दायित्व वोध गर्नुपर्नेमा जोड दिदै यस क्षेत्रमा विद्यमान समस्या समाधानमा संघ तत्पर रहेको बताए । अध्यक्ष गैरेले व्यवसायीहरुलाई पनि कानुन सम्मत चल्न आग्रह गर्दै आवश्यक नीति नियम सुधारका लागि सरकार तथा सरोकारित निकायसँग छलफल गरिनेसमेत बताएका छन ।
कार्यक्रमको संचालकसमेत रहेका महासचिव सुजित कुमार श्रेष्ठले संघले तत्कालिन तथा दिर्घकालिन कार्ययोजनाको कार्यतालिका नै बनाएर आफनो काम थालेको जानकारी दिदै अबको केहि समयमा नै यसको नतिजा व्यवसायीहरुले देख्ने बताएका छन ।
पछिल्लो समय धरौटी बृद्धि, मलेसिया रोजगारी बन्द तथा सरकारका विभिन्न नीति नियमका कारण धरासायी बन्दै गैरहेको वैदेशिक रोजगार व्यवसाय भर्खरै मलेसिया रोजगारी खुल्ला भएपनि अझै तंंग्रन सकेको छैन ।
उता अन्य मुलुकबाट पनि पर्याप्त माग ल्याउन व्यवसायीहरुले सकिरहेका छैनन भने जिरो कष्ट, १ सयभन्दा कम कामदार पठाउने मेनपावर खारेजि हुने तथा विभागको नियमित नियमनका कारण व्यवसायीहरु अझै त्रसिद नै छन ।
यस अवस्थामा भर्खरै मात्र संघको नेतृत्व सम्हालेको वर्तमान कार्यसमितिले यी समस्या चिर्दै वैदेशिक रोजगार व्यवसाय बचाउन सरकार तथा सरोकारित निकायसमक्ष कसरी प्रस्तुत हुन्छ त्यो भने हेर्नै बाकि छ ।