वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पूर्वप्रम देउवाले दिए बधाई
- रोजगारमञ्च
- अशोज १०, २०७६
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन । संघको २७ औ साधारणसभा पश्चात भएको निर्वाचनमा कांग्रेस समर्थित लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरे नेतृत्वको प्यानल नै बिजयी भएको थियो ।
देउवा निवास बुढानिलकण्ठ पुगेको संघको नवनिर्वाचित कार्यसमिति र अग्रज व्यवसायीहरुको टोलीलाई बधाई दिदै सभापति देउवाले सम्पूर्ण व्यवसायीहरुको हकअधिकार रक्षा तथा वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लागिपर्न निर्देशनसमेत दिएका छन ।
यस्तै संघको नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि बधाई दिएका छन ।