वैदेशिक रोजगार व्यवसायी संघमा गैरे र पोखरेल आमन्ने–सामन्ने, कस्ले मार्ला बाजी ? (उम्मेदवारको नामावलीसहित)
- रोजगारमञ्च
- अशोज ४, २०७६
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असोज ७ गते हुन गैरहेको २७ औ बार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुन गैरहेकोको निर्वाचनमा विष्णु प्रसाद गैरे र सरोज पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र प्रजातान्त्रिक विचारधाराका व्यवसायीहरु गैरे नेतृत्वको लोकतान्त्रिक प्यानल बनाएर चुनावमा होमिएका छन भने नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि केहि मधेशीसहितका व्यवसायीहरुलाई साथ लिएर पोखरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल बनाएर चुनावमा उत्रिएको छ ।
यी दुवै समूहले आज शनिवार मनोनयन दर्ता गराइसकेका छन । यसअघि लोकतान्त्रिक फोरम र प्रगतिशिल मञ्चमा आकांक्षि धेरै हुदा उम्मेदवारी छनोटमा सकस परेको थियो । लोकतान्त्रिक फोरमको उम्मेदवारी छनोटमा पार्टीले नै हस्तक्षेप गर्नुप¥यो । यता प्रगतिशिलमा पनि अन्तिम समयसम्म उम्मेदवार छनोट कठिन अवस्थामा पुगेकोमा अन्तत : दुवै समूहले आआफ्नो संस्थामा असन्तुष्ट पक्षलाई मिलाएर सर्वसम्मत प्यानल खडा गरेका हुन ।
दुवै समूहले आआफ्नो विजयी सुनिश्चित दावी गरिरहदा यस पटकको नेतृत्वमा कुन समूहको पल्लाभारी हुने हो त्यो भने अनुमान गर्न एकदमै कठिन देखिएको छ । एकातिर मेनपावर कम्पनीको संख्या घटेर ८ सय ४८ मा सीमित भैरहदा निर्वाचनका लागि प्रतिनिधी पठाउने मेनपावर ६ सय ५१ मात्र रहेका छन त्यसमा पनि केहि व्यवसायीहरु विदेशतिरै रहदा अझ मतदाताहरु कम हुन सक्ने अवस्था छ । अर्कोतिर पछिल्लो वर्ष दर्ता भएका तथा तटस्थ मेनपावर संचालकहरु कता ढल्कने हुन भन्नेमा पनि सबैको चासो बढेको छ ।
विष्णु प्रसाद गैरे लोकतान्त्रिक समूह
अध्यक्ष : विष्णुप्रसाद गैर
प्रथम उपाध्यक्ष : कमल तामाङ
द्धितिय उपाध्यक्ष : कमलदेव मल्ल
तृतिय उपाध्यक्ष : किशोर कुमार केसी
महासचिव : सुजित कुमार श्रेष्ठ
सचिव : मेघनाथ भुर्तेल
कोषाध्यक्ष : इन्दिरा गुरुङ
सदस्यहरु :
कर्णराज कटुवाल
दिनेश कुमार राय (राहुल)
सुरेन्द्र अर्याल
हर्कबहादुर लिम्बु
विजय लामा
बाबुलाल मगर (नरेन्द्र)
केशवराज न्यौपाने
छविलाल भट्टराई, जंगबहादुर इजम
लक्ष्मण पौडेल
सरोज कुमार पोखरेल संयुक्त व्यवसायी समूह
अध्यक्ष : सरोज कुमार पोखरेल
प्रथम उपाध्यक्ष : हरि बहादुर पाण्डे क्षेत्री
द्वितीय उपाध्यक्ष : मुक्तिनाथ अधिकारी
तृतीय उपाध्यक्ष : अख्तर हुसेन
महासचिब : रामचन्द्र गिरी (आर.सी)
सचिब : सन्जु गुरुङ
कोषाध्यक्ष : तेज माया लिम्बु (तेजु)
सदस्यहरु :
होम प्रसाद तिमल्सिना
दलबिर भण्डारी
ओम बहादुर न्यौपाने
सरीता घले
सोम बहादुर तामाङ
बाबुराम खड्का
नुर मोहम्मद मियाँ
दोर्जे शेर्पा
केदारनाथ अधिकारी (दिपेन्द्र)
विरेन्द्र कुमार यादब