मलेसिया रोजगारी खुल्यो, सयुक्त कार्यदलको बैठकमा दुवै पक्षले गरे हस्ताक्षर

news-details

नेपाल र मलेसियाका उच्च अधिकारीहरु सम्मिलित सयुक्त कार्यदलको बैठकले मलेसिया रोजगारी तत्काल सुचारु गराउन बाटो खोलेको छ । मलेसियाको पुत्राजयमा ३ दिनसम्म चलेको बैठकमा तत्काल मलेसिया रोजगारी खुलाउने गरी दुवै पक्षबीच सहमति जुटेको हो ।

उक्त सहमतिपत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन ।

वैठकमा स्वास्थ्य परिक्षण संस्थाको विषयमा चलेको छलफलमा भने यसअघि नै बायोमेट्रिक प्रणालीमा आवद्ध ३६ वटा संस्था यथावत रहने र उनीहरुबाटै स्वास्थ्य परिक्षणको काम सुचारु गर्ने तथा नेपाल सरकारले सुचिकृत गरेका थप संस्थालाई मापदण्डको आधारमा थप गर्नेगरी दुवैपक्षबीच सहमति जुटेको छ ।

नेपाल सरकारले पहिलेका ३६ सहित १ सय २२ वटा स्वास्थ्य संस्था मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि सुचिकृत गरेको छ । सहमति अनुसार नयाँ थप भएका स्वास्थ्य परिक्षण संस्थाको मापदण्ड निरीक्षणका लागि मलेसियाली टोली नोबेम्बर पहिलो साता नेपाल आउने भएको छ ।

करिब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी पुन : पुरानै प्रक्रिया अनुसार नै खुलेको छ । गतवर्ष जेठमा श्रम मन्त्रालयले मलेसिया जाने कामदारसँग चर्को शुल्क उठाइएको भन्दै मलेसिया रोजगारीका प्रक्रिया संचालन गर्ने विभिन्न संस्था खारेजि गर्दै मलेसिया रोजगार बन्द गरेको थियो । तर अहिले उही प्रक्रियाबाटै मलेसिया रोजगारी सुचारु गर्नेगरी सहमति भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *