घरेलु कामदारलाई पुन : श्रम स्वीकृति दिन शुरु, युएई दुतावासले सिफारिसका लागि निकाल्यो सुचना

news-details

सरकारले घरेलु कामदारका लागि पुन : श्रम स्वीकृति दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दुतावासले पुन : श्रम स्विकृतिका लागि शिफारिस दिन सुरु गरेका छन ।

सरकारको निर्णयसँगै युएईमा रहेको नेपाली दुतावासले पुनः श्रम स्वीकृति लिन चाहनेहरुलाई आवश्यक कागजातसहित सिफारिसका लागि निवेदन दिन सुचना प्रकाशित गरेको छ ।

दूतावासले सिफारिस लिनका लागि अवधि कायम भएको भिसा, राहदानी र करार सम्झौताको प्रतिपिलि, करारसहित राहदानीको प्रतिलिपि, घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिएर गएको श्रम स्वीकृतिको प्रमाण र घर फर्किँदा रोजगारदाताले दिने सुरक्षाको ग्यारेन्टीसहितको प्रमाण पेश गर्नुपर्ने जनाएको छ । तलब र अन्य सुविधाका कागजात पनि पेश गर्नुपर्ने दूतावासले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ गते निश्चित प्रक्रिया पुरा गरेका घरेलु श्रमिकका रुपमा कार्यरत नेपाली कामदारलाई पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो ।

यसअघि लामो समयदेखि घरेलु कामदारलाई पुन : श्रमस्वीकृतिमा रोक लगाइदा लाखौ नेपाली घर फर्कन सकिरहेका थिएनन । सरकारको यो कदमसँगै अब उनीहरुले आवश्यक कागजातसहित दुतावासबाट शिफारिस लिएपछि स्वदेश फर्केर पुन : श्रमस्वीकृति लिइ विदेश जान पाउने भएका छन ।

तर नयाँ घरेलु कामदार माथि लगाइएको रोक भने यथावत रहने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *