प्रधानमन्त्री रोजगार कार्यक्रमः साढे २ अर्ब खर्चेर मात्र १३ दिनको रोजगारी

news-details

प्रधानमन्त्री रोजगार कार्यक्रमको गत वर्षको कार्य प्रगति विवरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।बिहिबार श्रम मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७५र०७६ बाट कार्यन्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्य विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ७५३ वटै स्थानीय तहमा वेरोजगारीहरुको पहिचान गर्दै औसत १३ दिनको रोजगारी प्रदान गरेको जनाएको छ ।हालसम्म प्राप्त तथ्याङ्कअनुसार गत आर्थिक वर्ष भरी ७५३ स्थानीय तहमध्य ५९९ स्थानीय तहलाई प्रधामन्त्री रोजगार कार्यक्रममा समेट्न सकिएको र ती स्थानीय तहहरुबाट ६ हजार ८ सय योजनाहरुमा १ लाख ७५ हजार ९ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।

कुल २२ लाख ६२ हजार २ सय ६९ दिन सञ्चालन भएको उक्त प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नेपाल भरिबाट साना तथा मझौला कार्यक्रममा रोजगार प्रदान गरेको मन्त्रालयको भनाई छ । बाँकी स्थानीय तहहरुमा आवश्यकिय रोजगार संयोजकको अभावमा कार्यक्रम पु¥याउन नसकिएको मन्त्रालयले बताएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम संसारकै सफल कार्यक्रम भएको बताए । उनले भने, ‘ढिलै भएपनि नेपालले रोजगारीको मुद्दा उठाएको छ । यसले केहिन केहि मूर्त रुप अवश्य लिने छ । यो नै नेपालले पहिलो पटक रोजगारीमा उठाएको महत्वपूर्ण र अर्थपूर्ण कदम हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *