मलेसिया रोजगारी खुल्ने तयारीमा छ : परराष्ट्र मन्त्री ज्ञवाली

गुल्मीका पहिरोपीडितलाई वैदेशिक रोजगार व्यवसायीले गरे ७ लाख सहयोग
news-details

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले कामदारलाई आर्थिकभार नपार्ने गरी मलेसिया रोजगारी खुलाउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले स्वदेशमा नै रोजगारी नहुँदासम्म वैदेशिक रोजगारीको विकल्प नभएको भन्दै यसलाई सुरक्षित र मर्यादित बनाउन सरकार गम्भिरढंगले लागिरहेको समेत बताएका छन् ।

गुल्मीको सत्यवती गाउपालिकामा गएको भिषण पहिरोमा परी मृत्यु भएका तथा पीडित भएकाहरुको सहयोगार्थ रकम हस्तान्तरण गर्न गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुसँग मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

वैदेशिक रोजगारका समस्याका वारेमा परराष्ट्र मन्त्रीलाई व्यवसायीहरुले जानकारी गराएता पनि उनले मलेसिया रोजगारीका बारेमा धेरै बोल्न चाहेनन् । मन्त्री ज्ञवालीले भने–‘ मलेसिया रोजगारीका विषयमा हामीले यसअघिनै प्रष्ट पारिसकेका छौ, अव खोल्ने गरी काम भइरहेको छ ।’

परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको कार्यकक्षमै पुगेर बिहिबार संघका अध्यक्ष रोहन गुरुङसहितको व्यवसायीहरुको टोलीले गुल्मीको पहिरोपीडितका लागि ७ लाख रुपैया नगद सहयोग प्रदान गरेको छ ।

सहयोग रकम बुझदै मन्त्री ज्ञवालीले गुल्मीका प्रमुख जिल्ला अधिकारीसँग तत्काल टेलिफोन सम्पर्क गरेर उक्त सहयोग रकम सीधै गुल्मीकै राहतकोषमा जम्मा हुने व्यववस्था मिलाउन तथा पीडितहरुमाझ उक्त सहयोग सहीढंगमा पु¥याउन निर्देशन दिएका थिए ।

मन्त्री ज्ञवालीको गृहजिल्ला रहेको गुल्मीको उक्त घटनाबाट ११ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी परिवार पीडित बनेका छन । सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष गुरुङले वैदेशिक रोजगार व्यवसायनै मन्दी र संकटको अवस्थामा रहेको वर्तमान परिस्थितीकाबीच पनि प्राकृतिक प्रकोप पीडितका लागि सानो भएपनि सहयोग गर्ने प्रयत्न गरेको बताएका थिए । मन्त्री ज्ञवालीले सहयोगका लागि व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सहयोग हस्तान्तरणकै अवसर पारेर व्यवसायीहरुले मन्त्री ज्ञवालीसँग वैदेशिक रोजगार व्यवसायमा रहेको समस्याका बारेमा जानकारी गराउदै परराष्ट्र मन्त्रालयलाई त्यसको समाधानको पहलका लागि आग्रह गरेका थिए । सो अवसरमा व्यवसायीहरुले मुख्यतया मागपत्र प्रमाणिकरणको कठिनाई, मलेसिया रोजगारी तथा पोल्याण्ड रोजगारीको विषय उठाएका थिए ।

सो अवसरमा संघका अध्यक्ष गुरुङसहित महासचिव सरोज पोखरेल, सचिव इश्वर जिसी, सल्लाहकार पदमराज पौडेललगायतका कार्यसमिति सदस्य तथा व्यवसायीहरु सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *