वैदेशिक रोजगारमा गएका युवाहरुले स्वदेशमै ‘मिमोसा मल्टिप्रपोज कम्पनी’ संचालनमा ल्याए
- असार २४, २०७६
- 0

वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका युवाहरुले सयुक्त लगानीमा मिमोसा मल्टीप्रपोज नामक कम्पनी संचालनमा ल्याएका छन ।
आफै मालिक आफै श्रमिक हुनुपर्छ भन्ने उद्देश्यले कतारमा कार्यरत केहि युवाहरु युवाहरु स्वदेश फर्किएर काठमाडौंको चावहिलमा मिमोसा मल्टिप्रर्पोज प्रालि मार्फत विभिन्न व्यवसाय संचालनमा ल्याएका हुन् ।
मिसोमा मल्टिप्रपोज अन्तर्गत राजधानीको चावहिलमा मिमोसा रेष्टुरेन्ट एण्ड थकाली किचेन, मिमोसा ट्राभल्स एजेन्सी र मिमोसा आर्युवेदिक क्लिनिक संचालनमा ल्याइएको छ । जसमा झण्डै २ दर्जन युवाहरुले रोजगारीसमेत पाएका छन ।
करिब ५० लाखको सुरुवाती लगानीमा संचालनमा आएको यो मल्टिप्रपोज कम्पनीको नेपालका चर्चित तथा बरिष्ठ कलाकार दिपकराज गिरीले एक विशेष कार्यक्रमकाबीच औपचारिक उदघाटन गरेका थिए । उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले विदेशबाट स्वदेश फर्किएर सयुक्त लगानीमा गरिएको यस्तो काम अन्य युवाहरुको लागि उदाहरणीय भएको भन्दै सफलताको शुभकामना दिएका थिए ।
कतारमै कार्यरत युवाहरुद्धारा नेपालमा उक्त कम्पनी संचालनमा आएको अवसरमा कतारको रोयल नेपाली रेस्टुरेण्टको सभाहलमा पनि एक औपचारिक कार्यक्रम गरेर भव्यताका साथ कम्पनीको ओपनिङ्ग गरिएको थियो ।
करिब तिन सयभन्दा बढी नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा डिएमआईका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले उक्त कम्पनीको ब्यवसायिक सफलताको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा मिमोसा कम्पनि कतारका अध्यक्ष मोहन श्रेष्ठले कतारमा कमाएको केहि पैसा स्वदेशमै लगानी गरेर केही गर्नु पर्छ भन्ने उद्धेश्यले नेपालमा सामुहिक लगानीमा उक्त बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको बताउछन । साथै यस कम्पनीले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्य लिएको पनि उनले जानकारी दिएका थिए ।