मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि छानिए ९९ स्वास्थ्य संस्था (सूचिसहित)
- रोजगारमञ्च
- असार २०, २०७६
- 0
वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरुको स्वास्थ्य परिक्षण गर्न मापदण्ड पुगेका ९९ स्वास्थ्य संस्था छनोट भएका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरुलाई २०७५ चैत २८ गते सुचिकरणको लागि आह्वान गरेपछि ठुला अस्पतालहरुसहित २ सय ९० वटा संस्थाले आवेदन दिएका थिए ।
वदेन दिएका स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाट खटिएका प्राविधिकहरुसहितको टोलीले निरीक्षण गरेपछि विशेषज्ञ समितिको शिफारिसमा मलेसियाले पठाएको मापदण्ड पुरा गरेका ९९ स्वास्थ्य संस्था छनोट गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि मलेसिया जाने कामदारहरुको ३८ स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परिक्षण हुदै आएको थियो ।
गत वर्षको जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै विभिन्न संस्था खारेजि गरेसँगै बन्द भएको मलेसिया रोजगारी अझै बन्द छ । यसपछि दुवै मुलुकका अधिकारीहरुबीचको छलफल पछि गत कात्तिक १२ गते श्रम सहमतिमा हस्ताक्षर भएपनि अझै यो रोजगारी सुचारु हुन सकेको छैन ।
यसबीचमा मलेसियाली पक्षले स्वास्थ्य सम्वन्धी नयाँ मापदण्ड पठाएकोमा त्यसकै आधारमा अहिले स्वास्थ्य संस्था छनोट गरिएको मन्त्रालयले जनाएको छ । यस क्रममा अस्पतालहरुले पनि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा रुचि देखाएका छन । यसअघि ठुला अस्पतालहरुले स्वास्थ्य परीक्षण गर्ने गरेका थिएनन ।
हेर्नुहोस सूचि