वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ठुला अस्पतालको ‘इन्ट्री’ (सूचिकृतको नामावलीसहित)

news-details

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्न २८ वटा अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्था छनोट भएका छन । यसअघि ठुला अस्पतालहरुले स्वास्थ्य परीक्षण गर्ने गरेका थिएनन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरुलाई २०७५ चैत १३ गते सुचिकरणको लागि आह्वान गरेपछि ठुला अस्पतालहरुसहित १ सय २६ वटा संस्थाको निवेदन परेको थियो ।

आवेदन दिएकाहरुको मापदण्ड विशेषज्ञ समितिले निरीक्षण गरी ५१ वटा संस्थालाई योग्य ठहराएको हो । योसँगै यस अघि स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका स्वास्थ्य संस्थाहरुमा ५१ वटा संस्था थप भएका छन ।

यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरुमा मापदण्ड पु¥याएर अब ५१ वटा छनोट भएका संस्थाहरुलाई ७ दिन भित्रमा धरौटी र सूचिकरण शुल्क बुझाउन मन्त्रालयले सुचना निकालेको छ ।

हेर्नुहोस सूचिकृत भएका संस्थाहरु

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *