कतार भिसा सेन्टर आजबाट खुल्दै

सिण्डिकेट भन्दै व्यवसायीद्धारा विरोध
news-details

वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारका लागि काठमाडौंको महाराजगंजमा कतार भिसा सेन्टर (क्युभिसि) बुधबार औपचारिकरुपमा उद्घाटन हुँदैछ । कतार भिसा सेन्टर (क्युभिसि)को एक औपचारिक कार्यक्रमकाबीच नेपाल सरकारका प्रतिनिधि र कतार सरकारको प्रतिनिधिले उद्घाटन गरिने जनाइएको छ ।

नेपाल सरकारले क्युभिसि स्थापना हुँदा सिण्डिकेट हुने भन्दै लामो समयदेखि संचालनका लागि अनुमति दिएको थिएन । श्रम मन्त्री गोकर्ण विष्ट क्युभिसिको विरोधमा रहिरहेको अवस्थामा आज उद्घाटन हुने विषयले धेरै आशंका पैदा गरेको छ । यता मेनपावर व्यवसायीहरुले पनि क्युभिसि स्थापनाको विरोध जनाएका छन् ।

यता क्युभिसिले बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने छ । कतार जाने कामदारले क्युभिसिमै करारपत्रमा हस्ताक्षर गर्नेछन भने कागजपत्र स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका सबै कामहरु पनि सेन्टरमा नै हुनेछ ।

पहिला कतारमा गरिने यि काम नेपालमै सबै हुने भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने र कुनै समस्यामा नपर्ने क्युभिसिले जानकारी गराएको छ । क्युभिसिको सुरुवातपछि कतार जाने नेपाली कामदार कुनै समस्यामा नपर्ने भएका छन भने कामदारसँगै बैदेशिक रोजगार व्यवसायीलाई पनि क्युभिसिबाट फाईदा पुग्ने जनाइएको छ ।

कतारले भिसा सहजीकरण र कामदारको समस्या न्युन गर्नका लागि बंगलादेश, पाकिस्तान,श्रीलंका र भारतमा क्युभिसि सञ्चालन गरिसकेको छ । नेपाल क्युभिसि संचालन हुने मुलुकमा पाँचौ मुलुक हो कतारले आफ्नो देशमा बढी कामदार आउने स्रोत मुलुकहरुमा पहिलो चरणमा क्युभिसि संचालन गरिरहेको छ ।

 

क्युभिसि संचालनपछि भिसा प्रोसेसिङ,मेडिकल लगाएतमा नेपाली श्रमिकहरुले लामो समय कुर्नु नपर्ने भएको छ । कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अब अन्त्य हुनेछ । क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने छ यस्ले कती नेपाली रोजगारीमा कतार गए र कति नेपाली कतारबाट फर्केर आए, कुन कामदार कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी हुनेछ । कतार सरकारले नै क्युभिसि सञ्चालन गरेकोले कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ ।

 

क्युभिसिले विभिन्न देशको सफल परीक्षणपछि नेपालमा संचालनमा ल्याइएको जनाइएको छ । क्युभिसिले नेपालमा दिने सबै सेवाहरु निःशुल्क रहेको जनाइएको छ । कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले नेपालमा क्युभिसि संचालन भएकोमा खुशी व्यक्त गर्दै क्युभिसि संचालनवाट नेपाली कामदार,नेपाली मेनपावर ब्याबसायी र नेपाल सरकारलाई धेरै फाईदा हुने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *