विदेशका कुन कम्पनीले के कामको माग गरेको छ अब अनलाइनबाटै हेर्न सकिने
- जेष्ठ १२, २०७६
- 0

वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अब कुन देशको कुन कम्पनीले के–के पदमा कामदार माग गरेका छन अनलाइनबाटै हेर्न सक्ने भएका छन । वैदेशिक रोजगार विभागले नयाँ प्रविधिको प्रयोग गर्दै यो व्यवस्था गरेको हो ।
विभागका महानिर्देशक भिष्म कुमार भुसालका अनुसार अब विभागको वेवसाइट https://foreignjob.dofe.gov.np मा गएर कामको प्रकृति, पारिश्रमिक, श्रमिक पठाउने जिम्मा पाएको मेनपावर कम्पनी लगायतका सबै विवरण हेर्न सकिनेछ ।
उनले यो प्रविधि प्रयोग पछि एजेन्टको ठगिबाट जोगिदै विदेशिन चाहने कामदारले सिधै मेनपावर कम्पनीमा सम्पर्क राख्न सक्ने जनाउँदै सामान्य इन्टरनेट प्रयोग गर्न जान्ने नेपालीले पनि यो प्रविधिबाट आफु जाने देश, कम्पनी, काम, सेवासुविधा बारे सहजै जानकारी लिन सक्ने हुदा ठगि र समस्याका घटनामा कमी आउने विश्वास लिएको बताए ।
0 प्रतिक्रिया
नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण […]
आज चार संसदीय समितिको बैठक बस्दै

आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक […]
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो । […]
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे […]
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको […]