सुरक्षाको माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरुले प्रधानमन्त्रीलाई भेटे

‘नडराई काम गर्नुहोस्, आतंक निस्तेज गर्न सरकार सक्षम छ’–प्रम ओली
news-details

वैदेशिक रोजगार व्यवसायीहरुलाई कति पनि बिचलित नभई र नडराई काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । सुरक्षाको माग गर्दै प्रधानमन्त्री ओली निवासमा पुगेका व्यवसायीहरुसँगको भेटमा प्रम ओलीले आतंक फैलाएर तर्साउने काम भएको भन्दै त्यसकार्यलाई निस्तेज गर्न सरकार सक्षम भएको बताएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै प्रम ओलीले सरकारले यसलाई गम्भिररुपमा लिएको बताए । ‘यस अवस्थामा तपाई सबै व्यवसायीहरु मिलेर अघि बढनुहोस, आतंकको भरमा चन्दा बुझाउदै जानुभयो भने झन बढी आतंक फैलाउन सक्छन’ प्रम ओलीले भने–‘एउटा समूह अहिले सबैलाई आतंक फैलाएर लुटन देशमा अग्रसर देखिइरहेको छ, हामी फेरी पनि उनीहरुलाई यस्तो कार्य नगर्न भन्छौ, होइन भने राज्यले कानुनी दायरामा ल्याएर उनीहरुलाई कारवाही गर्नेछ ।’

गत शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा बम विष्फोट गराएपछि सुरक्षाको माग गर्दै संघका पदाधिकारीसहितको व्यवसायीहरुको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर उचित क्षतिपूर्तिसहित व्यवसायीलाई आतंकित बनाउने काम रोक्ने वातावरण बनाउन आग्रह गरेको हो ।

‘यो एक व्यवसायीमाथिको मात्र नभएर सिंगो वैदेशिक रोजगार व्यवसायप्रतिको आक्रमण हो, सरकारले उचित क्षतिपूर्तिसहित सुरक्षितरुपमा व्यवसाय गर्ने बातावरण बनाइदियोस् भन्ने हाम्रो आग्रह हो’ संघका अध्यक्ष गुरुङले भने –‘एकातिर धरौटी बृद्धि र अर्कोतिर मलेसिया रोजगारी बन्दले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् यही अवस्थामा ंव्यवसायीहरुमा आतंक र भय सिर्जना गर्ने कामले हामीलाई मर्माहत बनाएको छ ।’

सो अवसरमा संघका अध्यक्ष गुरुङसहित प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना, महासचिव नरेश गेलाल, सल्लाहकार पदम पौडेल, पूर्वअध्यक्षहरु विमल ढकाल, प्रेमबहादुर कटुवाल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्ता सावा लिम्बु, बरिष्ठ वैदेशिक रोजगार व्यवसायीहरु दिलप्रसाद पोखरेल, सरोज पोखरेल, हरि पाण्डे क्षेत्री, संघका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता सम्भु निरौला लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *