वैदेशिक रोजगारीमा जाने कामदारले अब २ सय डलरमात्रै लैजान पाउने
- माघ ८, २०७५
- 0

नेपाल राष्ट्र बैंकले डलर सटहीमा व्यापक कटौती गरेपछि अब वैदेशिक रोजगारीमा जाने कामदारले आफ्नो साथमा २ सय डलर मात्र लैजान पाउने भएका छन । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकतम २ सय डलर मात्र सटही सुविधा दिने व्यवस्था गरेपछि यो व्यवस्था लागू हुने भएको हो । यस अघि वैदेशिक रोजगारीमा जाने कामदारलाई ५ सय डलरसम्मको सटही सुविधा थियो ।
बैंकले मंगलबार पुरानो व्यवस्थालाई परिवर्तन गर्दै अब श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारले राहदानीवापत अधिकतम २ सय अमेरिकी डलरसम्म मात्र सटही सुविधा पाउने सर्कुलेट जारी गरेको हो ।
यस अघि राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउँदै आएको प्रतिव्यक्ति २५ सय डलरसम्मको सटही सुविधालाई पनि १५ सय डलरमा झारेको थियो ।
देशको भुक्तानी सन्तुलत ऋणात्मक हुन थालेपछि डलर सटही सुविधामा कडाइ गरिएको राष्ट्र बैंकले जनाएको छ ।