अस्थायी शिक्षक परीक्षाको नतिजा दशैँपछि मात्र आउने

news-details

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षाको नतिजा दशैपछि मात्रै आउने भएको छ । उत्तर पुस्तिका परीक्षणको काम बाँकी नै रहेकाले दशैपछि मात्रै नतिजा आउने शिक्षक सेवा आयोगले जनाएको छ ।

यसअघि दशै अघि नै नतिजा आउने बताउँदै आएको थियो । तर उत्तर पुस्तिका परीक्षणको कामदेखि अन्य काम गर्न बाँकी रहेकाले दशैपछि मात्रै नतिजा आउने आयोगका प्रशासकिय अधिकृत डा. तुलसी प्रसाद थपलियाले जानकारी दिए ।

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा आवश्यकताभन्दा १ सय ५९ बढिले मात्रै परीक्षा दिएका थिए । परीक्षाको नतिजा दशैँपछि मात्रै कार्तिक अन्तिमतिर आउने प्रशासकीय अधिकृत थपलियाको भनाई छ ।

उत्तर पुस्तिका परीक्षणको काम अन्तिम चरणमा पुगेको भन्दै अधिकृत थपलियाले भने, ‘दशैपछि कार्तिकको मध्य वा अन्तिम तिर नतिजा प्रकाशित गर्छौ । त्यही अनुरुप तयारी भईरहेको छ ।’

अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्रै प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।

कूल २२ हजार ७६ पदका लागि भएको उक्त परीक्षाको तिनै तहमा समग्रमा सहभागी हुने परीक्षार्थीको संख्या भने १ सय ५९ ले बढि छ । परीक्षामा कूल २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् । उक्त परीक्षाका लागि तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *