वैदेशिक रोजागरीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेला हुने
- असार २७, २०७५
- 0

विदेशवाट फर्केका व्यक्तिहरुको सक्रियतामा आगामी असार २७ गते अधिराज्यव्यापी भेला हुने भएको छ । यो भेलामा पूर्व प्रवासीहरुको सहभागिता रहने छ ।
काठमाडौंको राष्ट्रियसभा गृहमा हुने भेलाको आयोजना भने राष्ट्रिय युवा परिषदले गर्ने भएको छ। वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुनसक्ने उक्त भेलामा देश भरिबाटै सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले जानकारी दिएका छन् ।
भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गतेभित्र फारम भरेर पठाएका व्यक्तिहरुलाई मात्र प्रवेश दिइने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारी रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन् ।