प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच विशेष समझदारी
- जेष्ठ ५, २०८२
- 0

प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ ।
समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ, इला होटल्स र मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपानमा १०% छुट, केबलकार टिकटमा २०% छुट र आवास सेवामा १०% छुट पाउनेछन ।
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको बताउदै प्रभु बेंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने विश्वास लिएको जनाएको छ । ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि भएको बैंकको भनाई छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३“ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक र गुणस्तरीय सेवा प्रवाह गर्दै अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।