बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त
- फाल्गुन १२, २०८१
- 0

बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।
बीमा प्राधिकरणले जीवन बीमा, निर्जिबन बीमा र लघु बीमा कम्पनीहरुको नियमन गर्दछ ।
0 प्रतिक्रिया
आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू—भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव […]
रक्तदाता समूहद्धारा क्यान्सर पिडित वृद्धालाई आर्थिक सहयोग

लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहले क्यान्सरपिडित ७२ वर्षिय उत्तरमाया राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । विगत लामो समयदेखी […]
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति […]
मुक्तिनाथ केवलकार परियोजनाको ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री […]
आफूले अनुचित काम नगरेको माधव नेपालको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन । अख्तियार […]