कृषि विकास बैंक कर्मचारी संगठनले व्याडमिन्टन प्रतियोगीता आयोजना गर्ने
- माघ २०, २०८१
- 0
कृषि विकास बैंकको ५८ औं बार्षिक उत्सवको अवसरमा माघ २१ गते सोमबार बाट कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय समितिको आयोजनामा हुन लागेको व्याडमिन्टन प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको छ । केन्द्रीय समितिले बैंकमा आइतबार एक कार्यक्रमको आयोजना गरेर व्याडमिन्टन प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
२१ गते देखि २३ गते सम्म चन्द्रागिरी न.पा. ७ को माहांकाल ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगीतामा केन्द्र, उपत्यका र सात वटै प्रदेशको गरि १ सय ३० बढि महिला र पुरुष खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । ब्याडमिन्टन प्रतियोगीता, मैत्रीपुर्ण र प्रतिस्पर्धात्मक गरेर २ प्रकारले हुने भएको छ ।
उद्घाटन शत्रमा कृषि विकास बैंकका सम्पुर्ण संघ संगठनका पदाधिकारी,कृयासिल , भुपु सिनियर देखि जुनियर कर्मचारी सम्मको मैत्रीपुर्ण ब्याडमिन्टन खेल हुनेछ । त्यस पछि सातवटै प्रदेशका सहभागी खेलाडीहरुको खेलका साथै विभिन्न संघसंस्थाहरु विच कर्पोरेट स्तरीय प्रतियोगीता हुने छ । प्रतियोगीतामा सहभागी भई विजेता हुने समुहलाई ट्रफीका साथै मेडल तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउँदै कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले सधैभरी काममा ब्यस्त रहने कर्मचारीहरुको खेलले शारिरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत पुग्ने वताउँदै बैंकको बृद्धि विकासमा पनि टेवा पुग्ने उल्लेख गरे ।
उक्त कर्मचारी संगठनले २०७२ साल देखि निरन्तर रुपमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ ।
व्याडमिन्टन प्रतियोगीताको उद्घाटन कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रेम प्रसाद खनालले संयुक्त रुपमा गर्नेछन् ।